
फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न भन्दै निर्वाचन आयोगले देशका स्थानीयदेखि सङ्घीय तहमा निर्वाचित २९ दलका प्रतिनिधिहरूलाई बिहीवार बोलाएको थियो।
फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न भन्दै निर्वाचन आयोगले देशका स्थानीयदेखि सङ्घीय तहमा निर्वाचित २९ दलका प्रतिनिधिहरूलाई बिहीवार बोलाएको थियो।
गाजाबाट १० साताअघि बेपत्ता भएका आफ्ना दुई छोरा घर फर्किएपछि उनीहरूकी आमा हर्षविभोर भएकी छिन्।
श्रीलङ्काको एउटा जङ्गलमा चितुवाले सिकार गर्न खोजेको एउटा मृग गोहीहरूका कारण जोगिएको एउटा भिडिओ सार्वजनिक भएको छ।
भदौमा भएको नवयुवाहरूको प्रदर्शनसँगै आगामी फागुनमा चुनाव गराउने जिम्मेवारीसहित अन्तरिम सरकार गठन भएपछि नयाँ र पुराना अधिकांश राजनीतिक दलहरूमा हलचल आएको राजनीतिका जानकारहरू बताउँछन्।
गाजाको खण्डहरबाट पहुँचमा भएजति शव फिर्ता गरेको र अन्यको फिर्ता गर्न विशेष उपकरण तथा अधिक समय खाँचो पर्ने उक्त समूहको सशस्त्र शाखाले जनाएको छ।
सुनचाँदी व्यवसायी महासङ्घका एक पदाधिकारीका अनुसार सुनको मूल्य बढ्न सक्ने भनी गरिएका विभिन्न प्रक्षेपणका कारण मानिसहरूले सुनमा लगानी गर्न खोजिरहेका छन्।
नेपाल सरकारले इजरेलबाट विपिन जोशीको शव स्वदेश ल्याएपछि पनि मृत्युको वास्तविक कारण र परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउन पहल जारी राख्ने बताएसँगै सम्भावित विकल्पबारे चासो व्यक्त भइरहेको छ।
विश्वकपमा छनोट भइसकेका नेपाल र ओमानबीचको खेललाई प्रतिष्ठाको लडाइँका रूपमा अर्थ्याइएको थियो। यसमा नेपाली टोलीले सहजै बाजी मार्यो।
बुधवारको खेलमा यूएईले सामोआलाई पराजित गरेसँगै अङ्कतालिकामा आधारमा नेपालको विश्वकप यात्रा सुनिश्चित भएको हो।
सन् २०२२ को अक्टोबरमा इजरेलमा हमासले आक्रमण गरेपछि बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको अधिकारीहरूले पुष्टि गरिरहँदा हमला भएको समयमा उनीसँगै बङ्करमा रहेका एक जना साथीले विपिनकै साहसका कारण आफू बाँच्न सफल भएको बताएका छन्।
दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले पूर्वमहान्यायाधिवक्ता, बार एशोसियसन र सर्वोच्च बारका पदाधकारीसँग छलफल गरेर मात्रै सर्वोच्च अदालतमा रिट लिएर जाने वा नजाने निर्णय गर्ने बताइएको छ।
अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रनजिकै समुद्रमा माछा समात्न फिँजाइएको जालीमा फसेको एउटा सानो डल्फिनको उद्धार गरिएको छ।
एसोसियट राष्ट्रबीच शीर्ष बन्ने लडाइँमा जहिले पनि नेपाल, ओमान र यूएईबीच भिडन्त हुँदै आएको देखिन्छ।
हमासले बाँकी शव फर्काउन ढिला गरिराखे सहायता सामग्रीहरूमा रोक लगाउने इजरेलले चेतावनी दिएको छ।
अफगानिस्तानको तालिबान सरकारले दुई देशबीचको उत्तरी सीमामा रहेका कैयौँ पहाडी इलाकाहरूमा पाकिस्तानी सेनामाथि आक्रमण गरेको पुष्टि गरेपछि हालै तनाव सृजना भएको छ।
सन् १९९६ मा ४० वर्षका लागि विद्युत् उत्पादनका लागि भोटेकोशीको जलविद्युत् आयोजनाले पाएको इजाजत सकिन अब ११ वर्ष बाँकी छ।
इजरेली सेनाका अनुसार विपिन जोशीको हत्या 'बन्धक बनाइएको सुरुसुरुकै महिनातिर' भएको हुन सक्छ।
घटनापछि ती महिलासहित ६ जना "पहिले अवैध मार्गबाट भारत छिरेको र अवैध तरिकाले नै दुई साताअघि नेपाल पसेको देखिएको" नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणअन्तर्गत हमास र इजरेलले बन्धक र बन्दी साटफेर गरेका छन्।
यसलाई गाजामा दुई वर्षदेखि चलिरहेको युद्ध अन्त्य तर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।
धेरै मानिसहरूलाई गर्मीका कारण, व्यायाम गर्दा अथवा तनावका कारण पसिना आउँछ। पसिना आउने समस्या र फ्रेश कसरी रहने भन्नेबारे हामीले विज्ञहरूसँग कुराकानी गरेका छौँ।
डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न हालै 'डेबिट कार्ड'मार्फत् गरिने कारोबारको सीमा घटाएको नेपालको केन्द्रीय ब्याङ्कले भुक्तानी प्रणालीलाई 'सहज र सुरक्षित बनाउनेतर्फ' विभिन्न पहल भइरहेको जनाएको छ। त्यसमा के के पर्छन्?
नेपाल अहिले एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रीय छनोटअन्तर्गत 'सूपर सिक्स' खेल तालिकाको दोस्रो स्थानमा छ र अब टोलीलाई विश्वकप पुग्ने सुनिश्चित गर्न अर्को एक जित आवश्यक छ।
भीमदत्त नगरपालिका-३ विचपुरी मालिकार्जुन टोलमा विपिनको एकतले पक्की घर छ। त्यहाँ पुग्दा बीबीसी संवाददाताले के देखे?
हमास र इजरेलले गाजामा सङ्घर्षविराम गरेपछि सहायता सामग्री बोकेका दर्जनौँ ट्रकहरू गाजामा प्रवेश गर्न थालेका छन् भने कैयौँ ट्रकहरू इजिप्टमा पालो कुर्दै छन्।
अर्थशास्त्रतर्फको पुरस्कार घोषणा गरिएसँगै यो वर्षका सबै विधाका नोबेल पुरस्कार घोषित भएका छन्।
विपिन जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। अक्टोबर २०२३ को आक्रमणमा नेपाली विद्यार्थीसहित १,२०० जनाको मृत्यु भएको थियो।
हमाससँग ४८ बन्धकहरू फिर्ता गर्न स्थानीय समयअनुसार दिउसो १२:०० बजेसम्मको समय छ र ती ४८ मध्ये २० जना जीवितै रहेको ठानिएको छ।
विदेशमा रहेका नेपाली मतदातालाई मतदानमा सहभागी गराउनुपर्ने माग उठ्दै आएकोमा देशभित्रै आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रबाहिर रहने ठूलो सङ्ख्यामा मतदाताहरू मताधिकारबाट वञ्चित हुँदै आएका छन्। निर्वाचन आयोगले यसपालि के गर्छ?
मलेसियासँगको पाँच टी-२० शृङ्खलाको चौथो खेलमा १५ रन बनाएसँगै उनी महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन बनाउने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्।
आईसीसी टी२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत सुपर ६ को एउटा कठिन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई एक रनले पराजित गरेको हो।
जब जब यात्रुवाहक सवारी साधन भीरबाट खसेर वा अन्य कारणले पानीमा डुब्छन् तब तब गोताखोरहरू उद्धार कार्यमा सक्रिय हुन्छन्।
सन् २०१८ मा 'तस्कर'ले नाइजिरियाबाट टर्की हुँदै नेपाल ल्याएका दुई चिम्पान्जी चिम्पु र चम्पाबारे रेखदेखकर्ता भन्छन्, 'पहिले माया मात्रै लाग्थ्यो, अहिले डर पनि लाग्छ'।
गाजा सिटीमा एउटा सशस्त्र समूहसँग हमासको लडाइ भइसकेको छ जसले आन्तरिक हिंसा बढ्ने चिन्ता जन्माएको पाइन्छ।
संस्थापन पक्षको बहुमत रहेको बताइने केन्द्रीय समिति मङ्सिर महिनाभित्रै नियमित महाधिवेशन गर्न तयार नभए कठोर विकल्पमा अघि बढ्न विपक्षी खेमा दृढ देखिन्छ।
अवस्था अज्ञात रहेका प्यालेस्टिनीहरूलाई खोज्न भग्नावशेषहरू हटाउने कार्य भइरहेको गाजास्थित हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ।
रुघाखोकी लाग्ने बित्तिकै परामर्शविना औषधी खाइहाल्ने बानीमा सुधार गर्नुपर्ने अन्यथा स्वास्थ्यमा जटिलता उत्पन्न हुन सक्ने डाक्टरहरू बताउँछन्।
भिडिओ फुटेजमा हजारौँ प्यालेस्टिनीहरू गाजाको उत्तरतिर जाँदै गरेको देखिन्छ जहाँ हालैका महिनाहरूमा इजरेली सेनाले ठूलो बमबारी गर्दै आएको छ।
सरकारले आफूहरूलाई राज्यसंयन्त्रमा संलग्न गराउन जनाएको प्रतिबद्धताबारे आफूहरू सकारात्मक रहेको जेन जी आन्दोलनका अभियानकर्मीहरूले बताएका छन्।
पछिल्लो एक वर्षमा नेपाली बजारमा सुनको मूल्य झन्डै ७५ हजार रुपैयाँले बढेको छ।
अझै फरार रहेका कैदीबन्दीमध्ये उल्लेख्य सङ्ख्यामा विदेशी नागरिकहरू पनि रहेको अधिकारीहरूले बताएका छन्।
आफ्नो समूहको तेस्रो सदस्य कुवेतलाई हराएर जापान र नेपाल दुवै 'सूपर सिक्स'मा पुगिसकेका भए पनि शुक्रवारको खेलमा जित्नु दुवैका लागि महत्त्वपूर्ण थियो।
जेन जी आन्दोलनमा आगजनी भएका मालपोत कार्यालयहरूमा स्रेस्ता कायम गर्न घरजग्गाधनीले 'थुप्रै प्रमाण जुटाउनुपर्ने" व्यवस्थाको व्यापक आलोचना भएपछि भूमि व्यवस्था मन्त्रालयले नीतिगत निर्णयमार्फत् छरितो व्यवस्था गरिएको जनाएको छ।
जेनजी प्रदर्शन क्रममा विभिन्न सरकारी कार्यालय जलाइँदा सर्वसाधारणका नागरिकता, राष्ट्रिय परिचयपत्र, लालपुर्जा लगायत महत्त्वपूर्ण कागजातका रेकर्ड ध्वस्त भएका बताइएको छ।
अहिलेसम्म नोबेल पुरस्कारका पाँच विधाका विजेताको नाम घोषणा भएको छ। अब केवल अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुन बाँकी छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले गत हप्ता सार्वजनिक गरेको २० बुँदे शान्ति योजनाको “प्रथम चरण”लाई इजरेल र हमासले अनुमोदन गरेका बताएका छन्।
गत महिना काठमाण्डूमा जेन जी आन्दोलनका बेला घाइते भएका कालीकोटका धर्मेन्द्र शाहीको शरीरबाट अझै एउटा गोली निकाल्न बाँकी छ। उनी सरकारले के गरोस् र देशमा के होओस् भन्ने चाहन्छन्?
भूकम्पीय गतिविधि निगरानी गर्ने फिलिपिन्सको सरकारी निकायले तटीय क्षेत्रमा घातक र अग्ला छालहरू आउन सक्ने बताएको छ।
युद्धविराम र बन्धक रिहाइसँगै सम्झौताको पहिलो चरणमा इजरेलले सयौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने छ भने गाजाका विभिन्न हिस्साबाट इजरेली सैनिकहरू फिर्ता हुन थाल्ने बताइएको छ।
जेन जीको फरकफरक समूहमा रहेका भनिएका अगुवाहरूबीच आगामी निर्वचनअघि एउटै पार्टी बन्ने वा नबन्नेबारे भिन्नभिन्न बुझाइ देखिन्छ।
युवा नेतृत्वको प्रदर्शनले विश्वभरि ठूलो परिवर्तन ल्याएको छ तर विज्ञहरूले त्यसको दीर्घकालीन प्रभावलाई कमजोर तुल्याउने गरी अवरोध आउन सक्ने चेतावनी दिएका छन्।
जेन जी आन्दोलनको सुरुमा तात्कालिक सरकारले लगाएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन र भ्रष्टाचारविरुद्ध कदम चाल्न माग गरिएको भए पनि अहिले अन्य धेरै माग थपिएको देखिन्छ।
यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ। अब शान्ति र अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुन बाँकी छ।
एक्वडोरमा राष्ट्रपतिको हत्या गर्ने प्रयास गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको त्यहाँको सरकारले बताएको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा बुधवार राति सम्पन्न खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो।
इजरेल र हमाससँगै शान्ति सम्झौताका लागि अग्रसरता लिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा युद्ध अन्त्य गर्नेबारे महत्त्वपूर्ण सहमति भएको दाबी गरेका छन्।
सन् १९७५ को मार्च २५ तारिखका दिन साउदी अरबका राजा फैसललाई उनका भतिजले गोली हानी हत्या गर्दा तत्कालीन तेलमन्त्री राजाकै छेउमा थिए। बीबीसीले ती तेलमन्त्रीकी छोरीसँग त्यो दुर्भाग्यपूर्ण दिनबारे कुराकानी गरेको छ।
नेपाली कांग्रेसको आइतवारबाट र नेकपा एमालेको सोमवारबाट केन्द्रीय समिति बैठक सुरु हुँदै छ। दलहरूको महाधिवेशनबारे निर्णय गर्ने पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति हो।
संवैधानिक प्रश्न उठाउँदै प्रतिनिधि सभा विघटनविरुद्ध रिट कसले लैजाने र कसरी लैजाने भन्ने विषयमा दुवै दलको केन्द्रीय समिति बैठकपछि तय हुने ती दलका नेताहरूले बताएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीसँग यस विषयमा भएको छलफलमा सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई 'संयमित कदम चाल्न सुझाएका' विवरण सञ्चारमाध्यमहरूमा आएका छन्।
अब साहित्य, शान्ति र अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा हुन बाँकी छ।
फ्रान्समा एक साइक्लिस्ट तथा माउन्टेन बाइक च्याम्पिअनले साइकलमा विश्वप्रसिद्ध आइफल टावरका खुड्किला सबैभन्दा चाँडै चढेर नयाँ विश्वकीर्तिमान बनाएका छन्।
सगरमाथाको तिब्बततर्फको क्षेत्रमा भीषण हिमपातमा फसेका सयौँ पदयात्रीहरूलाई सुरक्षित स्थानमा पुर्याइएको चीनका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुई जना भारतीय अनुसन्धानकर्ताहरूले दुर्गन्ध हटाउने जुत्ता राख्ने र्याकको डिजाइन बनाएका छन् र विज्ञानसम्बन्धी रमाइलो इग नोबेल पुरस्कार जितेका छन्।
नेपाली टोलीको यसपालिको लक्ष्य फेरि २० ओभरको विश्वकप खेल्ने अवसर सिर्जना गर्नु हो।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरेलमाथि आक्रमण गर्दा विपिन जोशीका १० जना सहपाठीको मृत्यु भएको थियो। उनी भने बेपत्ता भएका थिए।
विज्ञहरूले विश्वभरि १० करोड जनाभन्दा बढी मानिसले 'ई-सिगरेट' सेवन गर्ने गरेको भन्दै निकोटिन दुर्व्यसनको नयाँ प्रकोप फैलिएको चेतावनी दिएका छन्।
निर्वाचन आयोगले फागुन २१ गतेका निम्ति घोषित प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसक्दा पनि विघटित संसदका कतिपय ठूला दलहरूले उक्त चुनाव निर्धारित मितिमै सम्पन्न हुनेबारे 'सन्देह रहेको' प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद्मा घरबास गुमाएकालाई अस्थायी आवास बनाउन रकम दिनेलगायत विभिन्न निर्णयहरू गरेको छ। सरकारले अहिले गरिरहेको काम कस्तो छ र के सुधार गर्नुपर्छ?
अब रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्रतर्फका पुरस्कार विजेताको नाम घोषणा हुन बाँकी छ।
इजिप्टमा जारी वार्ता दुई वर्षअघि सुरु भएको युद्धपछिको सबैभन्दा महत्वपूर्ण हुने ठानिएको छ।
यदि तपाईँ भान्छामा कुन तेल प्रयोग गर्ने भन्ने कुराले चिन्तित हुनुहुन्छ भने तपाईँका लागि किफायती विकल्प यहाँ सुझाइएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा आसन्न प्रतिनिधिसभा चुनावसम्बन्धी विभिन्न गतिविधिहरू समाविष्ट छन्।
शरीरको प्रतिरोध प्रणालीमा 'रेग्यलेटरी टी-सेल' भनिने विशेष कोषहरू हुने तथ्य पत्ता लगाउने दुई अमेरिकी र एक जापानी वैज्ञानिकले यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा पाउने भएका छन्।
जल तथा मौसम विज्ञान विभागले भीषण वर्षाको सम्भावना समाप्त भएको जनाएको छ तर बडादशैँलगत्तै सुरु भएको अविरल वर्षका कारण अवरुद्ध केही सडकहरू अझै सञ्चालनमा नआउँदा दशैँ मनाएर यात्रा गर्ने मानिसहरू प्रभावित भएका छन्।
विगत केही दिनदेखि भएको अविरल वर्षाका कारण दार्जिलिङ र सिक्किम जाने सबै सडकहरू अवरुद्ध भएका छन् भने विभिन्न दुर्गम स्थानबाट क्षतिको विवरण आउन भएको बताएको अधिकारीहरूले बताएका छन्।
बाटो सफा गर्न उद्धार टोली तैनाथ गरिएको चिनियाँ सरकारी सञ्चारमाध्यमका विवरणहरूमा जनाइएको छ।
पुरुष प्रजनन सेवाअन्तर्गत यौन दुर्बलता, पुरुषमा हुने बाँझोपन, यौन तथा मनोसामाजिक समस्या, होर्मोन असन्तुलन, प्रजननमा हुने अन्य खालका समस्याको उपचार हुने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
नेपालले साढे दुई दशकबीचको समयमा विदेशी पर्यटक भित्र्याउने वार्षिक लक्ष्य बारम्बार बढाउँदै पाँच लाखबाट ३५ लाख सङ्ख्या पुर्याए पनि वास्तविक आगमन १० लाख आसपास मात्र रहँदै आएको छ।
देशभरका विभिन्न ठाउँमा पहिरो र चट्याङका कारण १९ जनाको मृत्यु भएको, ८ जना बेपत्ता भएका र ११ जना घाइते भएका प्राधिकरणले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमासले सम्झौता पूरा गर्न "ढिलाइ गरेको नसहने" बताएका छन्।
अहिले भारतीय रेलसेवामा २,००० भन्दा बढी महिला रेल चालकहरू छन्। तर यादव भने त्यस्तो बेला रेल चालक भएकी थिइन् जतिबेला महिला यो पेसामा लाग्नु भनेको असाध्यै असामान्य थियो।
जेन जी आन्दोलनपछि खासगरी संयुक्त अरब एमिरेट्स यूएईले कतिपय नेपालीको भिसा अस्वीकृत गर्नु त्यसैको एउटा कडी भएको अधिकारीहरूले समेत स्वीकारेका छन्।
युवाहरूको नेतृत्वमा भएको पछिल्लो प्रदर्शनले उग्र रूप लिँदा सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाइए पनि नजिकै रहेको राष्ट्रिय अभिलेखालय सम्पदा अभियानकर्ताहरूको पहलका कारण जोगिन पुग्यो। काठमाण्डू उपत्यकामा रहेका पुरातात्त्विक सम्पदाहरू जोगाउन कसले के गर्नुपर्छ?
खासगरी नदी किनारमा बसोबास गर्नेहरूलाई तथा यात्रामा रहेकालाई विशेष सावधानी अपनाउन अधिकारीहरूले निरन्तर आग्रह गरिरहेका छन्।
मानिसहरू चाडबाड मनाउन विभिन्न जिल्ला गएका बेला राजधानी भित्रिने र बाहिरिने सवारीसाधन तथा आन्तरिक उडान दुवै प्रभावित भएका छन्।
राष्ट्रपति ट्रम्पको युद्ध अन्त्यका लागि गरिएको प्रस्तावको पहिलो चरण तुरुन्त कार्यान्वयन गर्न सकियोस् भनेर आफूले आक्रमण कम गरेको इजरेलले जनाएको छ।
सर्वोच्च अदालतको नयाँ भवन बन्न करिब डेढ वर्ष लाग्ने देखिएका कारण अहिले एउटा ब्लक मात्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बताएका हुन्।
युवाहरूको आन्दोलनले हिंसात्मक रूप लिदाँ सिंहदरबार जलेकोमा पुरातत्वविद्हरूले चिन्ता जनाउँदै दक्षिण एशियाकै वैभवशाली इतिहास बोकेको यो दरबारको पुनर्निर्माणमा पुरानै स्वरूप झल्कने गरि गरिनुपर्नेमा जोड दिएका छन्।
जेन जी आन्दोलनका क्रममा भएका विध्वंसले सरकारी विवरणहरू डिजिटल स्वरूपमा सुरक्षित राख्नु पर्ने महत्त्व थप दर्शाएको छ।
'पानरामा' कार्यक्रमले गरेको अनुसन्धानले मेट प्रहरीमा व्याप्त 'दुषित व्यवहार' हट्नुको साटो झन भित्र भित्र लुकेर रहेको देखाएको छ।
साइबर आक्रमणबाट अर्डर तथा डेलिभरी प्रणाली प्रभावित हुँदा असाही ग्रूपका अधिकांश उद्योगहरू सोमवारबाट ठप्प रहेका उक्त कम्पनीले जनाएको छ।
राजकुमार विलियमले अभिनेता यूजीन लेवीसँग राजतन्त्र परिवर्तन गर्नेबारे आफ्नी श्रीमतीको बिमारीले दिएको तनावबारे र आफ्नो अन्य दिनचर्याबारे खुलेर कुराकानी गरेका छन्।
संविधान र राजनीतिक दल सम्बन्धी ऐन २०७३ले निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि निश्चित सर्तहरू तोकेको छ।
धेरै डाक्टरहरूको लेखाइ केवल औषधि पसलमा बस्ने फर्मासिस्टहरूले मात्रै बुझ्न सक्छन् भनेर ठट्टा नै गरिन्छ।
छेउछाउका देशहरूको प्रवृत्ति पछ्याउँदै नेपालमा डिजिटल कारोबारको सङ्ख्या र रकम तीव्र विस्तार हुँदा विज्ञहरूले औँल्याएका सुरक्षा चुनौती यस्ता छन्।
विवरणहरूमा जनाइएअनुसार ठूलो सङ्ख्यामा मानिसहरूले प्रार्थना गरिरहेका बेला उनीहरूमाथि एउटा कार जोतिएको थियो।
शाहरुख खान संसारभरिका धनी नायकमध्ये एक बनेका छन्, हुरुन इन्डिया रिच लिस्टका अनुसार उनको सम्पत्ति १.४ अर्ब डलर रहेको छ।
कतिपयलाई मासुका परिकारले फाइदा पुर्याउने भए पनि निश्चित स्वास्थ्य अवस्था भएका व्यक्तिहरूका लागि यसले जोखिम निम्त्याउने चिकित्सकहरू बताउँछन्।
कतिपयले काम सकेर कोठामा फर्किएर दशैँ मनाउने तयारी गरेका छन् भने कतिपयले पूर्णिमासम्म दशैँ मनाउने परम्परालाई निरन्तरता दिँदै आएका छन्।
ब्राह्मण तथा साधुसन्तलाई भोजन गर्न डाकेपछि खुवाइसकेपश्चात् खाली हात पठाउनु हुँदैन भन्ने उल्लेख भएकोले त्यसैबाट प्रभावित भएर दशैँमा टीका थाप्न आउनेलाई दक्षिणा दिने प्रचलन शुरू भएको हुन सक्ने संस्कृतिविद् तथा पशुपति विकास कोषका पूर्वसदस्य सचिव गोविन्द टण्डन बताउँछन्।
दशैँ नजिकिँदै जाँदा अमेरिकामा नेपालीको व्यस्तता एकाएक बढ्छ। कयौँले दशैँमा छुट्टी लिएर परिवारसँग दशैँ मनाउने तयारी गर्छन् त कोही नेपालतिरको यात्रामा लाग्छन्।
सेप्टेम्बर ३० को मध्यरातदेखि अमेरिकामा औपचारिक रूपमा 'शटडाउन' सुरु भएको छ। यसबाट धेरै खाले सरकारी कामकाज प्रभावित हुने छन्।
फिजीमा दशैँलाई एउटा चाड मात्र भन्दा पनि नेपाली दिनका रूपमा मनाउने गरेको फिजीस्थित नेपालीहरूले बताएका छन्।
नेपाल राष्ट्र ब्याङ्कले दशैँको मुखमा सटही सुविधा दिने नयाँ वा सुकिला नोटसँग जोडिएका रोचक पक्ष समेटिएको रिपोर्ट
संस्कृतिविद् डा माधव भट्टराई भन्छन्, 'पहिलेको दशैँमा साधना हुन्थ्यो, अहिले फ्याशन'।
अमेरिका र इजरेलका नेताहरूबीचको सहमतिमा गाजाको शासन व्यवस्थाबारे पनि योजना बनाइएको छ, जसअनुसार शासन प्रक्रियामा हमासको "प्रत्यक्ष, अप्रत्यक्ष वा अन्य कुनै रूपमा" भूमिका हुनु हुँदैन।
दशैँ भन्नेबित्तिक्कै धेरैलाई मासुचिउरा, खल्पी र सेलरोटी भन्ने नै खानाका मुख्य परिकार भन्ने लाग्न सक्छ। तर नेपालमा विभिन्न क्षेत्रमा दशैँ विशेष अनेक परिकारहरू खाने गरिन्छ।
ब्रिटेनमा ब्रिटिश गोर्खा र अन्य पेसामा सक्रिय नेपालीहरूको सङ्ख्या बढ्दै गएको सन्दर्भमा दशैँ मान्ने चलन पनि व्यापक बन्दै गएको छ।
आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा आएको परिवर्तन हेरेर मनोचिकित्सक वा मनोविद् वा मनोपरामर्शदाताको सहायता लिन चिकित्सकहरू सुझाउँछन्।
जेठाजु र बुहारीको टीका लगाउने पालो आएपछि एउटै समयमा जेठाजुका प्रतिनिधिले बुहारीलाई र बुहारीको प्रतिनिधिले जेठाजुलाई टीका लगाइदिन्छन्।
नवयुवाहरूको एउटा समूहले आगामी निर्वाचनबाटै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री छानिने व्यवस्था मिलाउने प्रस्ताव राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुर्याइएको बताएको थियो।
आलोचकहरूले आपराधिक रेकर्ड नभएका आप्रवासीहरूलाई पनि निशाना बनाइएको बताएका छन्।
जेन जी युवा पुस्ताले आन्दोलन थालेको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिन बाध्य भए।
पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँको शुभकामनामार्फत् नेपालको पछिल्लो राजनीतिक परिस्थितिमा कसलाई के सन्देश दिन चाहेका हुन्?
प्यालेस्टाइन प्राधिकरणले सन् २०१२ देखि राष्ट्रसङ्घमा गैरसदस्य पर्यवेक्षकको हैसियत पाएको छ। राष्ट्रसङ्घका १९३ सदस्यराष्ट्रमध्ये १४० वटाभन्दा बढीले प्यालेस्टाइनलाई मान्यता दिइसकेका छन्।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको एपिडेमिओलजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा बर्सेनि सरदर १०० जनाले रेबिजका कारणले ज्यान गुमाएको जनाएको छ।
अन्तरिम सरकारले विदेशमा रहेका नेपालीहरूलाई पनि आगामी निर्वाचनमा सहभागी गराउन खोजिरहेको छ। प्रावधिक र व्यवस्थापकीय रूपमा के त्यो सम्भव छ?
पूर्वी अफगानिस्तानको पलिजाकमा फोनको सिग्नल राम्रो नभए पनि त्यहाँका गाउँलेहरूले फोन चलाउने एउटा उपाय निकालेका छन् - तेल बेच्न प्रयोग गरिने प्लास्टिकको रित्तो भाँडोमा फोन राख्ने।
जेन जी आन्दोलनका क्रममा आगजनीमा परेका विभिन्न नेताहरूको घरमा 'जलेको अवस्थामा भेटिएको' भनिएको नगदबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको विवरण आइरहेका बेला नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले नोटमा भएको क्षति र त्यसले नगद प्रवाहमा पारेको असरबारे अनुमान गर्न
सरकारद्वारा जेन जी आन्दोलनमा भएको धनजनको क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्रीदेखि उच्च अधिकारीहरूविरुद्ध विभिन्न प्रतिबन्धहरू लगाउन सरकारलाई भनेको छ।
हामीले जीवनको सुरुवाती वर्षहरू किन सम्झिन सक्दैनौँ भनेर बुझ्ने प्रयास स्वरूप वैज्ञानिकहरूले थुप्रै सिद्धान्तहरू प्रतिपादन गरेका छन्। के शिशुहरूले स्मृति बनाउँछन् र यदि बनाउँछन् भने उनीहरूको स्मृति कहाँ जान्छ?
मध्य र पूर्वी भारतका स्थानीय तथा आदिवासी समुदाय लामो समयदेखि माओवादी विद्रोही र सरकारी सुरक्षा बलबीचको दोहोरो लडाइँमा फसेका छन्।
ट्रम्प प्रशासनले गर्भावस्थामा प्यारासिटामोलको सेवन र अटिजम्बीच सम्बन्ध रहेको बताएको छ, के यसको प्रयोग सुरक्षित छ?
निर्वाचन आयोगका कार्यवाहक आयुक्तसहितका अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर यसपालि मितव्ययी ढङ्गले निर्वाचनका लागि आवश्यक सामग्रीहरू खरिद गरिने प्रतिबद्धता जनाएका छन्। चुनाव गराउन केके सामग्री चाहिन्छ?
जेन जी प्रदर्शनका क्रममा ७२ जनाको मृत्यु भएपछि सरकारले जाँचबुझ आयोग गठनको तयारी गरिरहँदा बीबीसीले विसं २०४६ साल र २०६२/०६३ सालका जनआन्दोलनपछि गठन गरिएका जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे खोजी गरेको छ।
कुनै सामाजिक सञ्जाल नभएका तीन जनाले केवल तीन महिनाको अन्तरालमा आफ्नो प्रतिभालाई सामाजिक सञ्जालमा देखाएर एउटा चुनौतीको सामना गरे। उनीहरूको अनुभव कस्तो रह्यो?
यस किसिमको भिसा लिएर अमेरिका जानेमा सबभन्दा धेरै भारतीय प्रविधि कर्मचारी हुने गर्थे।
तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिलकुमारले बताएअनुसार घटनामा कम्तीमा ३९ जनाको ज्यान गएको छ भने घाइते भएका ९५ जनाको उपचार भइरहेको छ।
गोरखाका सुमन गान्धारीले विगत १८ वर्षयता मालश्री धुन सारङ्गीमा बजाउँदै आएका छन्।
क्रिकेटर आदिल आलमको लागि यो शृङ्खलाको महत्त्व अझ धेरै छ। क्रिकेट जीवनको एउटा नमिठो कालखण्ड भोगेर यी खेलाडी यही शृङ्खलाबाट राष्ट्रिय टोलीमा पुनरागमन गर्दैछन्।
सन् २०१६ मा मृत्यु भएकी सिल्भिआ ब्लूमले ६७ वर्षसम्म वकिलको सहयोगीका रूपमा काम गर्दा गुपचुप लगानी गर्दै गइन् र कसैले अपेक्षा नगरेको सम्पत्ति कमाइन्। निःसन्तान उनको मृत्युपछि त्यो सम्पत्ति विपन्न बालबालिका तथा युवाहरूको छात्रवृत्तिका लागि दान गरियो।
कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपालले खेलिरहेको यो पहिलो शृङ्खला भएकोले नेपाली क्रिकेटका लागि यो ऐतिहासिक प्रतिस्पर्धा त भई नै हाल्यो। त्यसैमा पहिलो खेलमै वेस्ट इन्डिजलाई हराएर नेपाली टोलीले शृङ्खलालाई थप रोमाञ्चक बनाइदिएको छ।
प्रोटीन स्वास्थ्य र शारीरिक तन्दुरुस्तीका लागि अत्यावश्क रहेको भन्दै खान्कीमा त्यसलाई प्राथमिकता दिनुपर्ने फिटनेस इन्फ्लुअन्सरहरूको तर्क छ। तर अर्को अत्यावश्क तत्त्व फाइबरलाई त्यसले छायामा पारिदिएको भन्दै विज्ञहरूले सचेत गराएका छन्।
वर्षभरि परिवारसँगै बसिरहेका हुन् वा छुट्टिएर, कामकाजी युवा पुस्ताले लामो समय घुम्नका लागि समय मिलाउने मौका दशैँ, तिहारजस्ता लामो छुट्टी हुने चाडबाडको समय नै हो।
अमेरिकी विदेश मन्त्रालयका तथ्याङ्क अनुसार नेपालबाट बर्सेनि चार लाख जनादेखि सात लाखसम्मले ई-डीभीका लागि आवेदन दिने गरेकामा हरेक वर्ष साढे तीन हजारदेखि चार हजारसम्मले स्थायी बसोबास अनुमति पाउने गरेका देखिन्छ।
आधुनिक मानवको प्रजाति होमो सेपिअन्स हामीले सोचेको भन्दा कम्तीमा पाँच लाख वर्ष पहिलेबाटै देखिन थालेको नयाँ अध्ययनको निष्कर्ष छ।
प्रत्येक वर्ष विश्वभरि ४० करोड मानिसहरूमा पिसाबको सङ्क्रमण विकास हुने आकलन गरिएको छ। विश्वका आधा महिलाहरूले आफ्नो जीवनकालको कुनै न कुनै क्षणमा पिसाबको सङ्क्रमणको सामना गर्छन्।
अल्बर्ट आइन्स्टाइनले सन् १९०५ मा एउटा वैज्ञानिक प्रक्रियाको व्याख्या गरेपछि त्यसको प्रयोगबाट हाम्रो जीवनमा ठूलो परिवर्तन आएको छ।
हामीलाई पीएफएएसबारे के थाहा छ - मानव निर्मित यो रासायनिक पदार्थ दैनिक प्रयोगका सामानमा छ र त्यसले मानव स्वास्थ्यलाई जोखिममा पारेको छ।
के यो ब्रह्माण्डमा पृथ्वीमा मात्र जीवहरू छन् त? बाह्य लोकमा पनि जीवहरू हुन सक्छन् तर हाम्रो भेट उनीहरूसँग तत्कालै हुने सम्भावना छैन। त्यसको कारण यस्तो छ।
केही अध्ययनहरूले भिटामिनहरूको कुनै स्पष्ट स्वास्थ्य लाभ नभएको देखाएका छन् र अन्यले तिनीहरूले मानिसको स्वास्थ्यमा हानि पुर्याउन सक्ने पत्ता लगाएका छन्। त्यसो भए प्रमाणहरूले वास्तवमा के देखाउँछन्?
यो वर्ष नोबेल शान्ति पुरस्कारका लागि डोनल्ड ट्रम्पको नाम चर्चामा छ। उनको पक्षमा निर्णय आयो भने विवाद हुने निश्चित छ तर उनी एक्ला विवादास्पद विजेता भने हुने छैनन्। सन् १९०१ मा वितरण गर्न थालिएदेखि नै राजनीतिक प्रकृतिका कारण नोबेल शान्ति पुरस्कार विवादित हुँदै आएको छ।
हिन्दूलगायत संसारका मुख्य धर्महरूमा पशुबलिबारे कस्तो परम्परा छ? यहाँ हिन्दू, इस्लाम, यहुदी र इसाईहरूको प्रचलनबारे चर्चा गरिएको छ।
बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। प्राचीनकालदेखि नै मानिसहरू सुनसँग निकै मोहित भएको पाइन्छ।
कीटाणुबारे केही थाहा नभएको बेला इग्नाच सेम्मेल्भाइसले उपचारको बीचमा हात धुनुपर्ने तथ्य पत्ता लगाएका थिए। विश्व हात धुने दिवसको सन्दर्भमा पढ्नुहोस् यो सामग्री।