Nepal Samaya

Nepal Samaya

0फलोवर्स
88समाचारहरू
nepalsamaya.com
गृह मन्त्रालयको एक महिनाको प्रगति: शान्ति सुरक्षाकायम गर्दै निर्वाचनतर्फ अग्रसर (पूर्णपाठ)
गृह मन्त्रालयको एक महिनाको प्रगति: शान्ति सुरक्षाकायम गर्दै निर्वाचनतर्फ अग्रसर (पूर्णपाठ)

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्तिसुरक्षा एवं स्थिति सामान्यीकरण भएको तथा निर्वाचन वातावरण निर्माण र तयारीका कार्य अघि बढेको बताएका छन्।

झापामा राति ९ बजेसम्ममात्र देउसी–भैलो खेल्न पाइने
झापामा राति ९ बजेसम्ममात्र देउसी–भैलो खेल्न पाइने

विराटनगर । तिहारको अवसरमा खेलिने देउसी–भैलो झापामा राति ९ बजेसम्ममात्र खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार सार्वजनिक गरेको सूचनामा शान्ति सुरक्षाको कारण देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रम राति ९ बजेपछि नगर्न अनुरोध गरिएको छ।

गृहमा जेनजी हेल्पडेस्क, घाइतेका गुनासादेखि सहकारीपीडितका दुःखसम्म
गृहमा जेनजी हेल्पडेस्क, घाइतेका गुनासादेखि सहकारीपीडितका दुःखसम्म

काठमाडौं । ‘सर नमस्कार, जेनजी आन्दोलनका क्रममा घाइते भएका एक जनालाई समस्या आइपर्‍यो, सहजीकरण गरिदिनुपर्‍यो', गृहमन्त्रालयमा स्थापना भएको जेनजी हेल्पडेस्कमा गुनासो सुनिसकेपछि दोलखाका साम्राज्य खड्काले गुनासोलाई सम्बन्धित ठाउँमा ‘रेफर’ गरिदिए।

सुशासन र जनतालाई सरल सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकताः मुख्यमन्त्री सोनल
सुशासन र जनतालाई सरल सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकताः मुख्यमन्त्री सोनल

महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार (सोनल) ले ‘जेनजी’ आन्दोलनले उठाएको सुशासन, समृद्धि र जनतालाई सरल सेवा प्रवाहको माग सम्बोधन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो: गृहमन्त्री अर्याल
निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो: गृहमन्त्री अर्याल

भक्तपुर। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको बताएका छन्। आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षण गर्दै उहाँले सरकारले फागुन २१ मा निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने बताए।

सरकार, निर्वाचन आयोग र दलहरूबीच त्रिपक्षीय संवादमा जोड
सरकार, निर्वाचन आयोग र दलहरूबीच त्रिपक्षीय संवादमा जोड

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन सरकार, निर्वाचन आयोग र राजनीतिक दलबीच त्रिपक्षीय संवाद गर्नुपर्नेमा दलहरूले जोड दिएका छन्।

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रूपैयाँ २३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा र

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी- विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन्।

भाइटीकाको साइत सार्वजनिक, विभिन्न देशका लागि फरक समय निर्धारण
भाइटीकाको साइत सार्वजनिक, विभिन्न देशका लागि फरक समय निर्धारण

काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको ठूलो चाड तिहार अन्तर्गतको भाइटीकाका लागि विभिन्न देशहरूमा शुभ साइत सार्वजनिक गरेको छ।

कृष्णबहादुर महरा पूर्पक्षका लागि थुनामा पठाउन आदेश
कृष्णबहादुर महरा पूर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो।

व्यावसायिक कृषिमा युवाको आकर्षण
व्यावसायिक कृषिमा युवाको आकर्षण

तानसेन (पाल्पा) । तानसेन नगरपालिका–७ काजीपौवाका गम्भीरजङ्ग रायमाझीलाई पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन। बरु गाउँघरमै आफ्नो बारीमा खेती गर्न पाउँदा उनी औधी रमाउँछन्। नेपाली विषयमा स्नातकोत्तर गरेका रायमाझी १६ वर्ष उमेरदेखि नै व्यावसायिक कृषिमा लागेका हुन्। अहिले उनको दै

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड

धादिङ। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

पर्सामा एक अर्ब ६२ करोड पुँजीका ९६३ घरेलु उद्योग दर्ता
पर्सामा एक अर्ब ६२ करोड पुँजीका ९६३ घरेलु उद्योग दर्ता

वीरगञ्ज । गत आर्थिक वर्षमा पर्सामा रु एक अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० लगानी गर्ने भन्दै नौ सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन्।

ताल सुक्न थालेपछि संरक्षणको चुनौती बढ्दै
ताल सुक्न थालेपछि संरक्षणको चुनौती बढ्दै

ढोरपाटन- बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ। जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराह ताल, जैमिनी नगरपालिका–३ गाजा दह (ताल), काठेखोला गाउँपालिका–४ को खोर ताल, बागलुङ नगरपालिका–१० स्थित बराह तालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको ह

मधेस प्रदेशमा लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बन्दै
मधेस प्रदेशमा लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बन्दै

धनुषा- मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जीतेन्द्र सोनलले दाबी पेस गरेका छन्।

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु
चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

चितवन- पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९:५० बजे भत्किएको थियो। भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते

प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव
प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव

पर्वत- जाडो याम सुरु हुन थालेसँगै पछिल्ला केही दिनयता प्रदेश अस्पतालमा बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ। चाप बढ्दै गएपछि बिरामीलाई शय्या अभाव भएको छ।

मुस्ताङमा यो वर्ष एक अर्बभन्दा बढीको स्याउ उत्पादन
मुस्ताङमा यो वर्ष एक अर्बभन्दा बढीको स्याउ उत्पादन

मुस्ताङ- मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ।

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।

महानगर र उपमहानगरभित्र घरजग्गाको कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने
महानगर र उपमहानगरभित्र घरजग्गाको कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने

काठमाडौं- सरकारले तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। घरजग्गा कारोबारका लागि सीमा निर्धारण गर्दै सरकारले कम्पनी दर्ता र जग्गाको क्षेत्रफल जतिसुकै भएपनि हुने व्यवस्था गरेको हो।

गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने

काठमाडौं। गायक दुर्गेश थापाले अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रश्तुती दिने भएका छन्। त्यसका लागि मंगलबार उनी अमेरिका उडेका हुन्।

राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : सभापति देउवा
राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताएका छन्।

हमासले हस्तान्तरण गरेको शव विपीनको भएको पुष्टि
हमासले हस्तान्तरण गरेको शव विपीनको भएको पुष्टि

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा सोमबार साँझ हस्तान्तरित दुईमध्ये एक शव नेपाली विद्यार्थी विपीन जोशीको रहेको पुष्टि भएको छ। डीएनए परीक्षणबाट उक्त शव विपीनको भएको खुलेको इजरायली मिडिया द जेरुसेलम पोस्टले उल्लेख गरेको छ।

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल
पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

गण्डकी । दसैंलगत्तै बसातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि त्यसयता गण्डकी प्रदेशभित्रका पदमार्गहरूमा चहलपहल बढिसकेको छ। बर्सातले केही ‘बुकिङ’हरू रद्द भए पनि यतिखेर अधिकांश पदमार्गहरूमा स्वदेशी एवम् विदशी पर्यटक देखिन थालेका छन्।

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत
अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ।

मध्यरातमा प्रहरीको भेषमा 'चोर' आएपछि ...
मध्यरातमा प्रहरीको भेषमा 'चोर' आएपछि ...

चितवन- कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ। घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरू प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए। घटना विवरणअनुसार नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्

भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

काठमाडौं- नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ।

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।

मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन

इलाम- मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुन सकेको छैन। दश दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ।

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।

तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ
तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ

कञ्चनपुर- तिहार नजिकिँएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ। अन्य समयमा घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने उनले दसैँ, तिहारको समयमा मादल बनाउने गर्छन्।

हमासको कब्जामा रहेका विपीन जोशी जीवित नरहेको पुष्टि
हमासको कब्जामा रहेका विपीन जोशी जीवित नरहेको पुष्टि

काठमाडौं- विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ। इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

रौतहटमा खाल्टोको पानीमा डुबेर ३ बालिकाको मृत्यु
रौतहटमा खाल्टोको पानीमा डुबेर ३ बालिकाको मृत्यु

रौतहट- रौतहटमा आज बिहान पानी भरिएको खाल्टोमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ। रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्टोमा परेर मृत्यु भएको हो।

वर्षातका कारण बन्द मेलम्चीको पानी काठमाडौंमा
वर्षातका कारण बन्द मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं- वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ। वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो।

गृहमन्त्री अर्याल भन्छन्- समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन
गृहमन्त्री अर्याल भन्छन्- समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन

ललितपुर- गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताएका छन्।

नयाँ समूहका लागि नबिल बैंकको एसएसइ आवेदन खुला
नयाँ समूहका लागि नबिल बैंकको एसएसइ आवेदन खुला

काठमाडौं- नबिल बैंकले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप ९नबिल एसएसई० अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ। सामाजिक उद्यमशीलताको प्रवर्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउने सोच भएक

सिरहाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन पक्राउ
सिरहाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन पक्राउ

सिरहा- प्रहरीले यहाँको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह
सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनःध्यानाकर्षण गराएको छ।

मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

इलाम- गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ। जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए।

साइकलबाटै वारपार गर्न मिल्ने गरी आकाशेपुल निर्माण सुरु
साइकलबाटै वारपार गर्न मिल्ने गरी आकाशेपुल निर्माण सुरु

पाटन (ललितपुर)। ललितपुर महानगरपालिकाको सुन्दरीघाट मार्गबाट चक्रपथमा साइकलबाटै वारपार गर्न मिल्ने आकाशेपुल निर्माण हुने भएको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं ३ र ४ धोबिघाट चोकको रिङरोड सडकमा निर्माण गरिने ३६ दशमलव ६१ मिटर लामो साइकलमैत्री एवम् अपाङ्गतामैत्री आकाशेपुलको आज

विश्वकप क्रिकेट छनोटः युएईमाथि नेपालको जित
विश्वकप क्रिकेट छनोटः युएईमाथि नेपालको जित

काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विजयी भएको छ।

कुश्मा घुम्न आएका पर्यटकको झोला बाँदरले लगेपछि...
कुश्मा घुम्न आएका पर्यटकको झोला बाँदरले लगेपछि...

पर्वत । पर्वत सदरमुकाम कुश्माको बञ्जि साइडमा अनौठो घटना घटेको छ। पछिल्लो समय गाउँघरमा बाँदर आतङ्क बढेको खबर त नौलो थिएन। तर कुश्मामा बाँदरले एक अस्ट्रेलियन नागरिकसहित दुई जनाको राहदानी नै गायब पारिदिएको छ।

सरकारी सेवा छाडेर कार्की बने सफल उद्यमी
सरकारी सेवा छाडेर कार्की बने सफल उद्यमी

धरान । करिब नौ वर्षसम्म नेपाल प्रहरीमा सेवा दिएका भरत कार्कीले सरकारी जागिर छाडेर कृषि व्यवसायमा हात हालेपछि अहिले एक सफल उद्यमीका रूपमा स्थापित भएका छन्। सानो लगानीबाट सुरु गरिएको उनको व्यवसाय आज करोडौँ रुपैयाँको कृषि उद्यममा रूपान्तरण भएको छ।

आगामी निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्छः अध्यक्ष यादव
आगामी निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्छः अध्यक्ष यादव

मोरङ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्ने बताएका छन्।

ग्लोबल आइएमई बैंकले गर्यो ८ प्रतिशत नगद लाभांश घोषणा
ग्लोबल आइएमई बैंकले गर्यो ८ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१र८२ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित)वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव नेपाल

टाटामोटर्सले सुरु गर्यो  दीपावलीको अवसरमा देशव्यापी 'धनतेरस टाटा उत्सव'कार्यक्रम
टाटामोटर्सले सुरु गर्यो  दीपावलीको अवसरमा देशव्यापी 'धनतेरस टाटा उत्सव'कार्यक्रम

काठमाडौं- दीपावलीको अवसरमा टाटामोटर्सका नेपालस्थित एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले देशव्यापी 'धनतेरस टाटा उत्सव' कार्यक्रम सुरु गरेको छ।आजबाट सुरु भएको यो विशेष अफर कात्तिक २ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

वीरगन्ज भन्सारमा इन्धनबाट उठ्यो ११ अर्ब १८ करोड राजस्व
वीरगन्ज भन्सारमा इन्धनबाट उठ्यो ११ अर्ब १८ करोड राजस्व

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ११ अर्ब १८ करोड सङ्कलन गरेको छ। कार्यालयले चालु आवको दुई महिनामा रु २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो। आयातबाट प्राप्त कुल राजस्वमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं- काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकिल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ।

तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल
तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल

काठमाडौं- तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ। यसपटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ। तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।

देशभर छैन कुनै मौसम प्रणालीको प्रभाव, कोशीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना
देशभर छैन कुनै मौसम प्रणालीको प्रभाव, कोशीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं- हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ।

अझै खुलेन मेची राजमार्ग, यात्रुलाई सास्ती
अझै खुलेन मेची राजमार्ग, यात्रुलाई सास्ती

इलाम- गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ।

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन्।

कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक २८ गते बस्ने गरि सारियो
कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक २८ गते बस्ने गरि सारियो

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले २६ गते बस्ने भनिएको केन्द्रीय समितिको पूर्ण बैठक २८ गतेको लागि सारेको बताएका छन्।

जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ
जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ

काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन्।

मन्त्री घिसिङलगायतको टोली इलाममा, चाँडो सडक सुचारु गर्न निर्देशन
मन्त्री घिसिङलगायतको टोली इलाममा, चाँडो सडक सुचारु गर्न निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन्।

बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

काभ्रेपलाञ्चोक- गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ।

देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्न राजनीतिक दलहरूलाई राष्ट्रपतिको आग्रह
देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्न राजनीतिक दलहरूलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन्।

छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेका छौ : नेपाली सेना
छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेका छौ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेको बताएको छ।

गृहसचिव रामेश्वर दङ्गालद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण
गृहसचिव रामेश्वर दङ्गालद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं । गृहसचिव रामेश्वर दङ्गालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसुरक्षा योजना बनाई काम गर्न निर्देशन दिएका छन्।

जापानलाई हराउँदै नेपाल बन्यो समूह विजेता
जापानलाई हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाडौं । ओमनमा जारी आइसिसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर-६ मा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर-६ मा पुगेको हो।

एकतर्फी खुल्यो बीपी राजमार्ग
एकतर्फी खुल्यो बीपी राजमार्ग

काठमाडौं- बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बिपी राजमार्ग आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। यही असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको राजमार्ग मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हो।